• २०८३ असोज १०
  • 2026 September 26, Saturday

एस. एस. फाउन्डेसनद्वारा प्रहरीलाई उद्दार सामग्री प्रदान

काठमाडौं । सामाजिक सेवामा कृयाशिल एस.एस. फाउन्डेसनले तीनकुने प्रहरीलाई उद्दार सामग्री सहयोग गरेको छ।

फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले काठमाडौं तिनकुने प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण गरेका हुन्।

लाइफ ज्याकेट, डोरी, बुट, रेस्कयू बोट, रेस्क्यू हेलमेट लगायतका सामग्री प्रदान गरिएको हो । सहयोगप्रति तीनकुने प्रहरीले धन्यवाद व्यक्त गर्दै विपदको समयमा निकै उपयोगी हुने जनाएको छ।

फाउन्डेसनले प्रहरीको सहयोगार्थ हरेक वर्ष सहयोग सामग्री दिंदै आएको छ।