काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँएका छन् । प्रधानमन्त्री शाह आज दिउँसो काठमाडौँ आइपुगेका हुन् ।
प्रधानमन्त्री शाहको आगमनबारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गरेर जानकारी दिएको छ ।
महासभामा भाग लिन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका पुगेका थिए। उनले महासभालाई ८ गते सम्बोधन गर्दै नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए । महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका संकटको उदाहरणका रूपमा उल्लेख गरेका थिए। उनले हिमाली क्षेत्रमा जलवायुजन्य जोखिम बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनी गुटरेससँग भेटवार्ता गरेका थिए ।



