• २०८३ कार्तिक २६
  • 2026 November 11, Wednesday

कांग्रेस केन्द्रीय सदस्यमा सुशील भट्टको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

भट्टले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको आइतबार घोषणा गरेका हुन् ।

आफ्नो उम्मेदवारीबारे उनले आफूलाई कांग्रेसका इमानदार कार्यकर्ताको विश्वास, परिवर्तन चाहने युवाको आवाज तथा अग्रज पुस्ताको अनुभव र मार्गदर्शन रहेको उल्लेख गरेका छन् ।