• २०८३ कार्तिक २२
  • 2026 November 08, Sunday

नेप्से सीईओका लागि चार उम्मेदवार सर्टलिस्टमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि चार जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन् । खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाउँदै छनोट तथा सिफारिस समितिले आवेदन दिएका आठ जनामध्ये चार जनालाई सर्टलिस्ट गरेको हो ।

अर्थ मन्त्रालयले सहसचिव महेश आचार्यको संयोजकत्वमा गठन गरेको छनोट तथा सिफारिस समितिले अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदीलाई सर्टलिस्ट गरेको छ ।

समितिले सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको कार्यतालिका समेत सार्वजनिक गरेको छ । चारै उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ ।

नेप्सेको सीईओ नियुक्तिका लागि छनोट प्रक्रिया अघि बढाउन समितिले गत साउन १२ गते खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा आठ जनाले आवेदन दिएका थिए । तीमध्ये योग्यता तथा छनोट प्रक्रियाका आधारमा चार जनालाई अबको चरणका लागि छनोट गरिएको हो ।