• २०८३ असोज २१
  • 2026 October 07, Wednesday

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिडआवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेश, अन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रा.लिद्वारा प्रवद्र्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ । माछापुच्छ्रे बैंकको एकल लगानीमा सम्पन्न भएको यस परियोजनामा बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशत सम्म वित्तीय लगानी गर्नेछ साथै परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ ।

२० मेगावाट क्षमताको यस ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्न तथा ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासलाई थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्‍याउने ऊर्जा पूर्वाधार परियोजनाहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु बैंकको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धताको निरन्तरताका रूपमा रहेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जा प्रवद्र्धन तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने परियोजनाहरूलाई प्राथमिकताका साथ वित्तीय सहयोग प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।