• २०८३ असोज २५
  • 2026 October 11, Sunday

काँग्रेस मतगणना : महामन्त्रीमा कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ ।

पछिल्लो अपडेट अनुसार अहिलेसम्म २२३१ मत गणना भएको छ ।

जसमा महामन्त्री (खुला) तर्फको मतगणनामा प्रदीप पौडेलले सबैभन्दा बढी १३८१ मत प्राप्त गरेका छन् । त्यस्तै, उदयशमशेर राणाले ७८६ मत प्राप्त गरेका छन् भने अमरसिंह पुन मगरले ६९५ मत पाएका छन् ।

त्यस्तै, डा. सुनिलकुमार शर्माले ५२६ मत, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७० मत, शंकर तिवारीले ४६ मत र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन् ।

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत प्राप्त गरेकी छन् । त्यस्तै रीता खनालले २५१ मत पाएकी छन् ।