काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय उपसभापतिका लागि खुलातर्फ डा. चन्द्र भण्डारी र ई. मधु आचार्यले अग्रता लिएका छन् भने समावेशी उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन् ।
पछिल्लो अपडेट अनुसार अहिलेसम्म २२३१ मतगणना गरिएकोमा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले १०५६ मत प्राप्त गरेका छन् भने मधु आचार्यले ७१२ मत प्राप्त गरेका छन् । त्यस्तै, गोविन्द भट्टराईले ६०९, सुरेन्द्रराज पाण्डेले ६८० मत पाएका छन् । दीपक गिरीले ३०१ मत, धनराज गुरुङले ४०६ मत र डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन् भने जीवन परियारले ५७८ मत, फरमुल्लाह मंसुरले २८५ मत, सीता गुरुङले ३३४ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन् ।