• २०८३ कात्तिक ७
  • 2026 October 23, Friday

अर्घाखाँची सिमेन्ट नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को आधिकारिक साझेदार ​

काठमाडौं। अर्घाखाँची सिमेन्ट लिमिटेड नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को आधिकारिक साझेदार बनेको छ। नेपाली क्रिकेटको विकास, नयाँ प्रतिभाको प्रोत्साहन तथा राष्ट्रिय खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यसहित कम्पनीले एनपिएलसँग साझेदारी गरेको हो।

​’क्रिकेटको अरु बृहत् यात्राका लागि बलियो साझेदारी’ भन्ने मर्मसहितको यस सहकार्यले नेपाली क्रिकेटप्रतिको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
​
नेपालमा क्रिकेटप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी नेपाल प्रिमियर लिगले देशभरिका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटलाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। एनपिएलको तेस्रो सिजनमा आधिकारिक साझेदारका रूपमा जोडिएसँगै अर्घाखाँची सिमेन्टले पनि नेपाली क्रिकेटको विकास र विस्तारमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।
​
अर्घाखाँची सिमेन्ट लिमिटेड नेपाली निर्माण क्षेत्रमा परिचित नाम हो। गुणस्तरीय निर्माण सामग्री उत्पादन तथा आपूर्तिमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको कम्पनीले यस साझेदारीलाई खेलकुद क्षेत्रसँगको सम्बन्ध विस्तार गर्ने र नेपाली समुदायसँग थप नजिकिने अवसरका रूपमा लिएको छ।
​
खेलकुदले मानिसलाई एकताबद्ध बनाउने, प्रतिस्पर्धात्मक भावना विकास गर्ने र नयाँ सम्भावनाको खोजी गर्न प्रेरित गर्ने विश्वासका साथ कम्पनीले नेपाली क्रिकेटको बढ्दो यात्रामा सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरेको छ। एनपिएलसँगको यस सहकार्यले क्रिकेटप्रेमी, खेलाडी तथा समग्र खेलकुद क्षेत्रसँग कम्पनीको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

​नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा अर्घाखाँची सिमेन्टको आधिकारिक साझेदारीले नेपाली क्रिकेटको लोकप्रियता अभिवृद्धि गर्ने, उदीयमान खेलाडीको प्रतिभालाई प्रोत्साहन गर्ने तथा घरेलु क्रिकेटको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।