काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् ।
यस खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला ब्याटिंग गर्ने भएको छ ।
जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेर शीर्ष स्थानमा छ ।
त्यस्तै, चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेका छन् ।