• २०८३ कार्तिक २०
  • 2026 November 06, Friday

कर्णालीलाई हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो ।

जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाए।

कर्णालीका मार्क वाटले २ विकेट लिए।

आजको जितसंगै सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको छ। कर्णाली भने चौथोमा झरेको छ।

यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ। आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ।

अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ।