• २०८३ मंसिर ६
  • 2026 November 22, Sunday

प्रधानमन्त्री शाह दुईदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक छिमेकी मुलुकको भ्रमणमा गएका हुन् । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

दिल्ली पुगेपछि उनको पहिलो औपचारिक राजनीतिक भेट भारतीय विदेशमन्त्री एस. जयशंकरसँग होटल ताजमा आजै हुने तालिका छ ।