मनकामना। चितवन को–ई समूहअन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रा.लि.द्वारा सञ्चालित मनकामना हिलक्रेस्ट रिसोर्टले सफल सञ्चालनको पहिलो वर्ष पूरा गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ।
मनकामनामा रहेको रिसोर्टले मंसिर ९ गते पहिलो वर्ष पूरा गरेको हो। पहिलो वर्षको सञ्चालन सन्तोषजनक र उत्साहजनक रहेको रिसोर्टले जनाएको छ।
मनकामना क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको रिसोर्टले पाहुनालाई सुविधासम्पन्न तथा आरामदायी बसाइको अनुभव प्रदान गर्दै आएको जनाएको छ।
समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनाअनुसार निर्माण भएको रिसोर्ट निर्धारित समयभन्दा केही ढिलो गरी सञ्चालनमा आए पनि उहाँको सपना र योगदानलाई स्मरण गर्दै औपचारिक उद्घाटन गरिएको विज्ञप्तिमा उल्लेख छ।
रिसोर्टले सेवा, गुणस्तर र पाहुनाको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप सुधार र स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएको छ।
पहिलो वर्षको सफलतामा सहयोग पुर्याउने पाहुना, शुभेच्छुक, व्यावसायिक साझेदार, कर्मचारी, स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति रिसोर्टले आभार व्यक्त गरेको छ।
त्यसैगरी, पर्यटन तथा आतिथ्य क्षेत्रका सरोकारवाला, साझेदार ट्राभल एजेन्सी तथा अन्य सहयोगी संस्थाहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उत्कृष्ट सेवा र गतिविधिमार्फत मनकामनालाई नेपालको एक प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न निरन्तर प्रयास गर्ने रिसोर्टले प्रतिबद्धता व्यक्त गरेको छ।