गोरखा । सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् ।
बुधबार, गोरखाको गण्डकी गाउँपालिका–८, सिउरेनीटारमा स्थायी कार्यालय भवन, आवास भवन र पक्की पुलको सभामुख अर्यालले शिलान्यास गरेका हुन् ।
शिलान्यास भएसँगै आयोजनाको मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने बताइएको छ ।
गोरखा र धादिङमा फैलिने यस १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत भइसके पनि विद्युत् उत्पादनको अनुमतिपत्र भने अझै लिइएको छैन ।