• २०८३ मंसिर ९
  • 2026 November 25, Wednesday

सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टिमले भुटानको गेलेफु टी–२० खेल्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भुटानमा आयोजना हुने गेलेफु टी–२० च्याम्पियनसिप २०२६ का लागि नेपालको ‘ए’ टोली घोषणा गरेको छ । प्रतियोगितामा सन्तोष यादवले नेपाली टोलीको कप्तानी गर्ने भएका छन् ।

क्यानले सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा कप्तान सन्तोष यादवसँगै विवेक यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख रहेका छन् ।

गेलेफु टी–२० च्याम्पियनसिप आगामी डिसेम्बर ४ देखि १३ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल ए सहित भुटान, बहराइन र थाइल्याण्डले भाग लिँदैछन् ।