• २०८३ असोज १८
  • 2026 October 04, Sunday

रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव : हाम्राे कमजोरीबाट सिक्ने प्रयास गर

काठमाडाैं । राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् । पत्रकारिता नै छाडेर वैकल्पिक राजनीति भन्दै साझा पार्टी स्थापना गरेका रवीन्द्र मिश्र पनि अन्ततः असफल भएका छन् ।

उनले अहिले नयाँ दल खोलेका रवि लामिछानेलाई सफताको शुभकामना दिँदै आफूहरूको हविगतबाट पाठ सिक्न सुझाव दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत मिश्रले भनेका छन्, ‘मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी, पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर ।’

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको लज्जास्पद हार भएपछि मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।