• २०८३ साउन २८
  • 2026 August 13, Thursday

कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित

काठमाडाैं । नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिमा ४१ जना सदस्य मनाेनित भएका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको घोषणा पत्र बनाइरहेकाे छ । सभापति शेरबहादुर देउवाले घोषणा पत्र तयारी समितिमा सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यलगायत मनोनीत गरेका हुन् ।

सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार, मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र, नानु बाँस्तोला, अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरि, विष्णु विभु घिमिरे, श्रवण मुकारूङ, स्वर्णीम वाग्लेलगायत सदस्य मनोनीत भएका छन्।

साथै सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, अञ्जनी झा, अभिमन्युलाल सिंह, हरि दर्लामी मगर, रुद्र शर्मा, सञ्जय महतो थारु, भोजराज श्रेष्ठ, प्रताप पौडेल, बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल, विकल राई र सदस्य सचिवमा प्रदीप पराजुली मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।