• २०८३ असोज १२
  • 2026 September 28, Monday

आफूलाई पराजित गर्नेलाई विशाल भट्टराईले दिए बधाई !

काठमाडौं । पराजित भएपछि नेकपा (एमाले)का विशाल भट्टराईले निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामकुमार राई पासाङलाई बधाई दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् ।

‘निर्वाचितहरूलाई बधाई एबं मतदाताहरूप्रति आभार’, पराजित भएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खोटाङबाट प्रतिनिधि सभामा निर्वाचित रामकुमार राईज्यू र प्रदेश सभामा निर्वाचित पिके राईज्यू तथा भूपेन्द्र राईज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।’

यस्तो प्रतिकूलतामा पनि यस्तो सम्मानजनक मत प्रदान गरेको भन्दै भट्टराईले सबै मतदातालाई आभार व्यक्त गरेका छन् । ‘म आफू पनि यो निर्वाचनमा एमालेको तर्फबाट प्रतिनिधि सभामा प्रत्याशी थिएँ, अनेकन कारणले झिनो मतान्तरसहित पराजित भएँ’, उनले भनेका छन्, ‘यस्तो प्रतिकूलतामा पनि यस्तो सम्मानजनक मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा सहृदय आभार अर्पण गर्दछु ।’

खोटाङमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका पासाङ ३१ हजार ३५१ मत ल्याएर निर्वाचित भएका छन् । एमालेका भट्टराईले २८ हजार ६८५ मत प्राप्त गरेर पराजित भएका छन् ।