• २०८३ असोज १४
  • 2026 September 30, Wednesday

तिमी मेरो किन हुनुपर्‍याे

तिमी मेरो किन हुनुपर्‍याे
म अर्कैको भइसकेपछि

तिमी मेरो लागि किन रुनुपर्‍याे
म अर्कैलाई रुवाँउने भइसकेपछि

जिन्दगीको गोरेटोमा तिमी किन बारबार आइरहनुपर्‍याे
जब तिमी मेरो नभएपछि

आखिर के नै रहेछ र जीवन
म तिम्रो नभएपछि

खै कसरी भनु मनका कुरा, खै कसरी भनु मनका कुरा
मुटुले नै ध्यान नदिएपछि

ध्यान दिन पनि जरुरी छैन
दिमाग नै अर्कै भइसकेपछि

खै कताकता टोलाइरहन्छु आजभोलि
फेरि टोलाइरहनु पनि किन पर्‍याे
म तिम्रो नभएपछि तिमी मेरो नभएपछि ।