• २०८३ कार्तिक २२
  • 2026 November 07, Saturday

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई ४ लाख धरौटीमा रिहा

यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतमा खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो।

जिल्ला न्यायाधीश सुवासबाबु परीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो।

कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो।

राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप छ।

दोषि वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ।

राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।

यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए। बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन्।

तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उदेश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ।