• २०८३ कार्तिक २७
  • 2026 November 13, Friday

शान्तिपूर्ण रुपमा पनि परिवर्तन सम्भव छ : सांसद लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आफ्ना उपलब्धिहरु सुनाउँदै गर्दा शान्ति पूर्वक ढङ्गले पनि परिवर्तन हुन सक्ने कुरालाई स्विकार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

यसअघि प्रधानमन्त्रीले अहिलेको पुस्ताले पहिलेको संर्घष नदेखेको बताएलगत्तै प्रतिनिधि सभामा लामिछानलेले नयाँ पुस्ताले देशका संरचनाहरु नाश नगरिकन, हत्या हिंसा नभई, मानिसहरु नहराई शान्ति पूर्वक ढङ्गले पनि परिवर्तन हुन सक्ने कुरा देख्यो भन्ने कुरा थप गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘आफ्ना उपलब्धिहरु सुनाउँदै गर्दा अस्पतालहरुमा आम नागरिकहरुले के पाई रहेको छ भन्ने पनि हेर्न आग्रह गर्दछु । यो पुस्ताले के देखेन भनेर भन्नु भयो त्यसमा मेरो समर्थन छ तर यो पुस्ताले के देख्यो भने देशका संरचनाहरु नाश नगरिकन, हत्या हिंसा नभईकन, अंग, भंग नभईकन, मानिसहरु नहराईकन शान्ति पूर्वक ढङ्गले पनि परिवर्तन हुन सक्ने कुरा देख्यो भन्ने कुरा थप गर्नु भएको भए राम्रो हुने थियो । ’