• २०८३ कार्तिक २७
  • 2026 November 13, Friday

साम्राज्यवादीहरुले नेपालमा सेनाको व्यारेक खडा गर्न चाहेको विप्लवको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले साम्राज्यवादीहरुले नेपालमा सेनाको व्यारेक खडा गर्न चाहेको दावी गरेका छन् ।

सोमबार काठमाडौंमा पुष्पलालको २४ औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौती : भ्रष्टचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा महासचिव चन्दले भारतीय सिकन्दरहरु आउँदा लम्पसार पर्ने प्रवृति अब सकिने बताए ।

उनले भने ‘नेपालमा साम्राज्यवादीहरुले सेनाको व्यारेक खडा गर्न चाहेको छ। हाम्रो चुनौती हो यो यदि नेपालका कसैले व्यारेक खडा गर्ने कालो सपना देख्छ भने यो देशलाई उपनिवेश बनाउने कसैले षड्यन्त्र रच्छ भने र कुनै इण्डिन सिकन्दर आउदा जस्ता दलालहरु आफ्ना देशको गोपनीयता राख्न देशको स्वाधीनतालाई बेचेर नेपालमा साशन गर्ने सपना देख्छन् भने त्या सदाको लागि अन्त्य हुने वाला छ । कहिले पनि सफल हुने छैनन् । भ्रष्टाचार र दण्डहीनता एनजीओ हो । यस्ता एनजीओहरुरुले गाउँ गाउँमा राजनीतिक दावावका साथ गलत काम गरिरहेको छ ।’

महासचिव चन्दले कुनै पनि स्थितिमा २०४७ सालको संविधानमा जान नसक्ने र नेपाल प्रतिगमन तिर जान पनि नसक्ने बताए ।