• २०८३ कार्तिक २२
  • 2026 November 07, Saturday

विपीन कार्कीको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौं । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को टिजर सार्वजनिक भएको छ ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा अभिनेता विपीन कार्कीलाई भष्मे डनको अवतारमा प्रस्तुत गरिएको छ ।

टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, विशु पौडेल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन् ।

कृष्णबहादुर थापाले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् । यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ ।

२०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को स्पिन-अफको शीर्ष भूमिकामा विपीन कार्की छन् । ‘पशुपति प्रसाद’ मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए ।