• २०८३ साउन ३०
  • 2026 August 15, Saturday

दोस्रो सातामा रेखाको ‘उपहार’

काठमाडौं । गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘उपहार’ शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ पाएकाले फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले ‘मालिका’पछि यो फिल्मबाट ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । विष्णु कल्पित घिमिरेको छायांकन रहेको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।