• २०८३ असोज ११
  • 2026 September 27, Sunday

डा. मनोर दिन सैयदसहित २८ जना जनसम्पर्क विभागमा मनाेनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

शुक्रबार जारी विज्ञप्ति अनुसार सभापति देउवाले विभागमा सदस्यहरू मनाेनयन गरेका हुन् । विभागका प्रमुख किरणराज शर्मा पौडेलले सदस्यहरू मनाेनयनका लागि सिफारिस गरेका थिए ।

विभागमा मनोनयन हुने सदस्यहरूमा नरेन्द्रबहादुर भाट (डडेल्धुरा), दिलबहादुर गुरूङ्ग (मनाङ), पूर्णबहादुर हमाल (बाग्लुङ), पेमा नीमा शेर्पा (ओखलढुंगा), नारायण सुवेदी, (चितवन), कृष्ण गिरी जगन्नाथ (झापा) रहेका छन् ।

नारायण खरेल (काठमाडौं), गिरीराज कुँवर (चितवन), कुलप्रसाद गुरूङ्ग (कास्की), हिक्मत थापा (कैलाली), राजु रेग्मी ’राज’ (बाग्लुङ), शालिकराम डुम्रे (स्याङ्जा), सीता अर्याल (धादिङ), सुनिता जी.सी. कुँवर (गुल्मी), पुरुषोत्तम खनाल (काठमाडौं), गोविन्द परियार (तनहुँ) सदस्यमा मनाेनयन भएका छा् ।

शिवकुमार यादव (धनुषा), प्रकाश अधिकारी (काठमाडौं), ऋषि शर्मा (सुर्खेत), मोहन गुरूङ्ग (पर्वत), ईन्द्रकमल बुढ़ाथोकी (चितवन), जगदीश पौड़ेल (स्याङ्जा), कृष्णप्रसाद अधिकारी, (अर्घाखाँची), राजु के.सी. (रूकुम), इश्वरीप्रसाद जोशी (कञ्चनपुर), डा. अबिरल निधि (धनुषा), डा. मनोर दिन सैयद (स्याङ्जा) र कृष्ण पौडेल (रूपन्देही) विभागकाे सदस्यमा मनाेनयन भएका छन् ।