• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून र ऐन परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बुधबार चलचित्र विकास बोर्डले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अहिलेसम्म बनेका नीतिहरु सबै परिवर्तन गरेर समाजलाई अगाडि लैजानुपर्ने बताएका हुन् ।उनले भने, ‘हाम्रो मन्त्रालय अहिलेसम्म राजा महेन्द्रको कानूनमा चलिरहेको रहेछ । १४ सालको ऐन छ, १५ सालको ऐनले चलिरहेको छ ,१९ सालको १८ सालको ऐन छ । हुलाक ऐन पनि उहीँ छ । अहिले प्रेस काउन्सिल विधेयक मात्र आएको रहेछ । तर हामीले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून र ऐन परिवर्तन गर्नुपर्ने देखिन्छ ।

नियम,कानून र ऐन नै परिवर्तन भएन भने कसरी समाजमा परिवर्तन ल्याउने ? ।’साथै उनले कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउने बताए । उनले संगीतको माध्यमबाट पनि समाजमा भैइरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकिने बताए ।उनले भने,‘कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउछ साथै संगीतको माध्यमबाट पनि समाजमा भैइरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकन्छ ।’