• २०८३ असोज १४
  • 2026 September 30, Wednesday
केपी शर्मा ओली

राजावादी धारणा प्रति ओलीको प्रहार: “अब भ्रममा नपरौं, जेठ १५ आउँदैन”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा राजावादी धारणा राख्नेहरूमाथि आलोचना गरेका छन्।

आज संसदमा बोल्दै प्रधानमन्त्री ओलीले समयको यथार्थ बुझ्न सबैलाई आग्रह गरे। उनले भने, “जेठ १५ मात्र होइन, अरू वर्षमा पनि तपाईंहरूको त्यो दिन आउँदैन। समयलाई चिनौं र अघि बढौं।”

राजतन्त्र पुनःस्थापनाको माग उठाउनेप्रति संकेत गर्दै उनले थपे, “बंगलादेश बनाउँछु भन्नेहरूले पनि सोच्नुपर्छ—त्यत्रा आन्दोलन हुँदा पनि राजा फर्किएनन्। अब भ्रममा नपर्नुहोस्।”

प्रधानमन्त्री ओलीको टिप्पणी हालै राजसंस्थाको पुनर्स्थापनाको विषयलाई लिएर सामाजिक तथा राजनीतिक वृत्तमा उठेका बहससँग जोडिएको देखिन्छ।