• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रचण्डको सचिवालयका अनुसार दुई अध्यक्षबीचको भेटवार्ता सिंहदरबारमा सम्पन्न भएको हो। आजै प्रमुख तीन दलका शीर्ष नेताहरूबीच पनि छलफल हुने तय भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बैठक बस्ने कार्यक्रम रहेको छ।

बैठकमा संसद्‌को जारी गतिरोध हटाउने विषयलाई केन्द्रमा राखेर समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।