• २०८३ असोज १०
  • 2026 September 26, Saturday

गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन डिसेम्बर २१ मा

जापान । “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मुख्य नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको चौथो अधिवेशन यही डिसेम्बर २१ तारिक मंगलबार हुने भएको छ ।

स्थापना कालदेखि जापानमा हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको क्लबले कोरोनाका कारण गत वर्ष भलिबल प्रतियोगिता गर्न नसके पनि यस वर्ष भने मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि भव्य रुपमा सम्पन्न गरेको थियो ।

स्थापना कालदेखि नै जापानमा रहेर पनि नेपाली खेलमा उल्लेख्य योगदान दिएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लबले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ भने, प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुदसँग सम्बन्धित क्षेत्रका लागि सहयोग पनि गर्दै आएको छ ।

विशेषगरी बागलुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न युवाहरुको साझा संस्थाका रुपमा रहेको यस क्लब छोटो समयमा नै जापानवासी नेपालीबीच लोकप्रिय भइरहेको छ ।

गल्कोट स्पोर्ट्स क्लब टोकियोका सम्पूर्ण सल्लाहकार, पदाधिकारी एवं शुभचिन्तकलगायत सम्पूर्ण साधारण सदस्यहरुमा गल्कोट स्पोर्ट्स क्लव टोकियोको चौथो अधिवेशनमा उपस्थित भईदिनु हुन आयोजकले अनुरोध पनि गरेको छ । अधिवेशन डिसेम्बर २१ तारिक मंगलबारका दिन ओमोरीमा रहेको सारंगी नेपाली रेष्टुरेण्टमा दिनको १ बजेबाट शुरु हुने छ ।