• २०८३ असोज १
  • 2026 September 17, Thursday

नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी, २०२६ मा महालक्ष्मी विकास बैंकको सहभागिता

काठमाडौँ। भृकुटीमण्डपमा सञ्चालन भईरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भईरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर/जग्गाा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्नेछ ।

ग्राहकहरुको आवश्यकता अनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तिय सेवा उपलब्ध गराउउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यका साथ बैंकले सहभागिता जनाएको हो । हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा घर/जग्गाा खरिद तथा घर निर्माण कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेछ ।

यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ । भाद« महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ घर/जग्गाा खरिद तथा घर निर्माण कार्यको लागि कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् ।

महालक्ष्मी विकास बैंक मार्फत कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. ब्द्दज्ञ गई सम्पर्क गर्न सक्नेछन् । प्रर्दशनीमा बैंकका प्रतिनिधिहरुले ग्राहकसँग प्रत्यक्ष अन्र्तक्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैकिङ्ग सुविधाहरु बारे आवश्यक जानकारी तथा परामर्श प्रदान गर्नेछन् ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।