• २०८३ असोज ५
  • 2026 September 21, Monday

तस्बिरमा हेर्नुहोस् एमालेको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज बिहान सचिवालय बैठकका एजेण्डा पारित गरेपछि ललितपुरको भनिमण्डलमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्नका लागि ३–३ मिनेट समय उपलब्ध गराउने अध्यक्ष ओलीले बैठकमा जानकारी गराएका छन् । बैठकमा ओलीले राजनीति प्रतिवेदन प्रस्तुत गर्दैछन् ।