काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदानको समय फेरि सारिएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको मतदान २ बजेदेखि मात्र शुरु हुने भएको हो ।
यसअघि बिहान १० बजेदेखि शुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला भएको भन्दै १ बजेका लागि सारिएको निर्वाचन समितिले जनाएको थियो ।
काँग्रेसको नयाँ नेतृत्व चयन गर्ने यस मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुँदैछन् ।