काठमाडौँ। विश्वप्रख्यात कम्फर्ट टेक्नोलोजी फुटवेयर ब्रान्ड स्केचर्सले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै आफ्नो विशेष फेस्टिभ अफर “Shop More, Get More” (धेरै खरिद गर्नुहोस्, धेरै पाउनुहोस्) सार्वजनिक गरेको छ।
चाडपर्वको अवसरमा नयाँ किनमेल गर्ने ग्राहकहरूलाई उत्कृष्ट कम्फर्ट र स्टाइलका साथै आकर्षक बचत र उपहार प्रदान गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जनाएको छ।
के-के छन् अफरमा आकर्षण?
५०% सम्मको विशेष छुट : छनोट गरिएका उत्पादक, क्याटगोरी र स्टोर अफर अनुसार ग्राहकहरूले ४० देखि ५० प्रतिशतसम्मको छुट पाउनेछन्।
साप्ताहिक गिभअवे : अभियान अवधिभर ५० जना भाग्यशाली विजेताहरूलाई विभिन्न आकर्षक उपहार प्रदान गरिनेछ।
बम्पर पुरस्कार (ग्रान्ड लक्की ड्र) : अफरको अन्त्यमा आयोजना गरिने ग्रान्ड लक्की ड्रमार्फत प्रथम पुरस्कार TVS RONIN मोटरसाइकल र दोस्रो पुरस्कार TVS NTORQ स्कुटर प्रदान गरिनेछ।
दसैँदेखि छठसम्मको पर्वलाई समेट्दै आगामी १५ नोभेम्बर २०२६ सम्म लागू हुने यस अफरले परम्परागत छुटभन्दा माथि उठेर ग्राहकलाई धेरै खरिद गर्दा थप फाइदा र उपहार दिलाउने विश्वास स्केचर्सले लिएको छ।