• २०८३ असोज २३
  • 2026 October 09, Friday

एमालेको स्थायी कमिटीको बैठक शुरु, विद्या भण्डारी सहभागी

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक शुरु भएको छ ।

बैठक केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको हो । ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो ।

हालै पार्टीको वरिष्ठ नेता बनेकी विद्यादेवी भण्डारी पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी छन् ।

एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन् ।