काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदानको समय फेरी थपिएको छ ।
केन्द्रीय निर्वाचन समितिले दिउसो ३ बजेसम्म तोकेको समयलाई साँझ ७ बजेसम्म बढाएको जानकारी दिएको छ । यसअघि साँझ ५ बजेसम्मका लागि तोकिएको समय फेरी बढाइएको हो ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान भइरहेको छ ।
प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । जस अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ ।