• २०८३ कात्तिक १३
  • 2026 October 29, Thursday

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण गरेका छन् ।

विहीबार, सानेपास्थित केन्द्रीय कार्यालयमा काँग्रेसको नव निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सभापति गगन थापाले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

यसअघि बडादशैँको फूलपातीको दिन पारेर सभापति गगन थापाले पद तथा गोपनियताको शपथ लिँदै कार्यभार सम्हालिसकेका छन् ।

काँग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्बिरोध निर्वाचित भएका थिए । त्यस्तै, खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समाबेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए ।

त्यस्तै, महामन्त्रीमा प्रदिप पौडेल र उदयशमशेर राणा विजयी भएका थिए भने महिलातर्फको महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएका थिए । त्यस्तै, महाधिवेशनले ११ सहमहामन्त्रीसमेत निर्वाचित गरेको छ ।

नेपाली काँग्रेसको १५औं महाधिवेशनले २३१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको थियो । २९७ सदस्यीय काँग्रेसको केन्द्रीय समितिका बाँकी ४ सहमहामन्त्री, एक कोषाध्यक्षसहित केन्द्रीय सदस्यहरु सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ ।