• २०८३ कार्तिक १५
  • 2026 November 01, Sunday

विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनको अन्तरले पराजित गरेको हो ।

बर्षाका कारण ५-५ ओभरमा खेलाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो । विराटनगरका लागि शेहान जयसूर्याले ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले २९ र लोकेश बमले २५ रन बनाएका थिए । त्यस्तै, सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए ।

यो विराटनगरको तेस्रो खेलमा पहिलो जित हो भने सुदूरपश्चिमले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

एनपीएल अन्तर्गत आइतबार एक खेल हुँदैछ । आइतबार पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स आमने सामने हुँदैछन् ।