• २०८३ कार्तिक १९
  • 2026 November 05, Thursday

लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४ रन बनाएका थिए भने निरोशन डिकवेलाले २७ रन बनाएका थिए । त्यस्तै, दिलिप नाथले २५ रन बनाए भने आसिफ सेखले २१, सामिम हुसैनले १३ र रुबेन ट्रम्पेलम्यानले १५ रन बनाएका थिए ।

त्यस्तै, जनकपुरका बलर राहुल यादव र बिशाल शुस्लिंगले २-२ विकेक लिए भने ललित राजबंशी, हरमित सिंह र अभिषेक तिवारीले एक एक विकेट लिएका थिए ।