काठमाडौं । पोर्चुगलका कप्तान तथा फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल संन्यास लिने घोषणा गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने बताएका हुन् ।
४१ वर्षीय रोनाल्डोले पोर्चुगलको जर्सी नम्बर ७ अब आफूले छाड्ने उल्लेख गर्दै राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाउनु आफ्नो जीवनको ठूलो सम्मान भएको बताएका छन् । उनले पोर्चुगलका लागि आफूले सक्दो योगदान दिएको र देशको प्रतिनिधित्व गरेकोमा गर्व रहेको बताएका छन् ।
रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने पुरुष खेलाडी हुन् । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोकप तथा सन् २०१९ र २०२५ को युईएफए नेसन्स लिगको उपाधि जितेको थियो ।
उनले राष्ट्रिय टोलीसँगको २३ वर्षे यात्राका लागि समर्थक र देशवासीलाई धन्यवाद दिँदै पोर्चुगल सधैँ आफ्नो मनमा रहने बताएका छन् ।