• २०८३ कार्तिक २०
  • 2026 November 06, Friday

सुनको मूल्यमा गिरावट

काठमाडौं । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला पाँच हजार ९ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेर प्रतितोला तीन हजार ८१० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला तीन हजार ९२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।