• २०८३ मंसिर ४
  • 2026 November 20, Friday

सुन एकैदिन तोलामा १२ हजार २ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ ।

आज सुनको मूल्य तोलाको १२ हजार २ सयले घटेर तोलाको दुई लाख ४५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि विहीबार चाँदी ३३३५ रुपैयाँमा कारोबार भएको थियो ।