• २०८३ मंसिर ४
  • 2026 November 20, Friday

‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक : १०० बोरा खरिदमा ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री

काठमाडौं। रिद्धि सिद्धि सिमेन्टले घर निर्माणको शुभारम्भ अर्थात् शिलान्यासलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ विशेष योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्न चाहने ग्राहकले आफ्नो निर्माण साइट दर्ता गरी ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री समावेश गरिएको विशेष ‘Shilanyas Box’ प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा १०० बोरा रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको हुनुपर्नेछ। त्यसका लागि कम्पनीले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी दर्ता फाराममा आवश्यक विवरण भर्नुका साथै सिमेन्ट खरिदको भ्याट बिल अपलोड गर्नुपर्नेछ।

योजनाअन्तर्गत प्रत्येक निर्माण साइटले एकवटा मात्र शिलान्यास बक्स प्राप्त गर्नेछ। ग्राहकको सहभागिता खरिदसम्बन्धी भ्याट बिलका आधारमा प्रमाणीकरण गरिने कम्पनीले जनाएको छ। प्रमाणीकरणपछि कम्पनीका प्रतिनिधिहरू स्वयं निर्माण स्थलमा पुगेर शिलान्यास बक्स र ५ ग्राम चाँदीको सिक्का हस्तान्तरण गर्नेछन्।

यो योजना २०८३ साल मंसिर ४ गतेदेखि पुस ४ गतेसम्म रिद्धि सिद्धि सिमेन्ट खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ।

नेपाली परम्परा, आस्था र संस्कृतिसँग घर निर्माणको पहिलो चरणलाई जोड्दै आवश्यक पूजा सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ।

‘गुणस्तरको नयाँ स्तर’ भन्ने प्रतिबद्धतासहित गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्वपूर्ण अवसरलाई समेत विशेष बनाउने प्रयासस्वरूप योजना ल्याइएको कम्पनीको भनाइ छ।

कम्पनीले ग्राहकलाई योजनामा सहभागी भई आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई अझ विशेष र स्मरणीय बनाउन आग्रह गरेको छ।