काठमाडाैं । वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, २० वर्षीय ईन्जिनियर आस्मा वलि, शोभित उप्रेतीलगायत राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।
राप्रपा काठमाडाैं क्षेत्र नं १ का दुवै प्रदेशको महाधिवेशन प्रतिनिधि छनौट गर्ने कार्यको लागि भएको मनोनयनमा दुवै क्षत्रका महिला प्रतिनिधि बाहेकअरु सबै क्लस्टरको सर्वसम्मत भएको हो ।
कलाकार श्रेष्ठसहितका उम्मेदवारलाई सर्वसम्मत गराउन नेता श्याम श्रेष्ठको भूमिका महत्त्वपूर्ण रहेको थियोे ।
महिला प्रतिनिधिको हकमा शनिबार निर्वाचन हुने भएको छ।
४० वर्ष मुनिका प्रतिनिधिमा २० वर्षीय ईन्जिनियर आस्मा वलि र २४ वर्षीय कोरियोग्राफर आकाश विराजी सर्वसम्मत भएका छन् ।
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरको तेस्रो साता सम्पन्न हुँदैछ ।