• २०८३ मंसिर ११
  • 2026 November 27, Friday

राष्ट्रपति भेट्न शीतल निवास पुगे रास्वपा सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । लामिछाने शुक्रबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा पुगेका ह्ुन् ।

सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमण जानुपूर्व त्यसबारे राष्ट्रपति पौडेललाई औपचारिक जानकारी समेत नदिएको तथा नियमित रुपमा राष्ट्रपतिलाई भेट्ने परम्परा पालना नगरेको विषयलाई लिएर प्रश्न उठिरहेको सन्दर्भमा सत्तासिन दल रास्वपाका सभापति लामछिाने राष्ट्रपति पौडेललाई भेट्न गएका हुन् ।