• २०८३ असोज २३
  • 2026 October 09, Friday

काँग्रेसको मतदानको समय थप, साँझ ५ बजेसम्म हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान साँझ ५ बजेसम्म हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले दिउसो ३ बजेसम्म तोकेको समयलाई साँझ ५ बजेसम्म बढाएको जानकारी दिएको छ ।

आज बिहानदेखि जारी मतदानमा साढे १२ बजेसम्मको अपडेट अनुसार २६४४ मत खसेको थियो ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान भइरहेको छ ।

प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । जस अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ ।