• २०८३ कार्तिक २०
  • 2026 November 06, Friday

टस जित्दै सुदूरपश्चिमविरुद्ध कर्णाली बलिङमा

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर बलिङ रोजेको छ ।

चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारसहित चार अंक जोडेको छ । प्लेअफको सम्भावना बलियो बनाउन सुदूरपश्चिमलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

यता तीन खेल खेलेको कर्णालीले एक जित र दुई हार बेहोरेको छ । चौथो खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्य कर्णालीको हुनेछ ।

एनपिएलका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिमविरुद्ध कर्णालीले जित निकाल्न सकेको छैन ।

यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ । आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ ।

अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ ।